‘मारुनी’मा साम्राज्ञीको उत्कृष्ट काम

‘मारुनी’मा साम्राज्ञीको उत्कृष्ट काम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गएको शुक्रबारदेखि हलमा प्रदर्शनरत सिनेमा ‘मारुनी’लाई स्पेसल शोमा सेलेब्रेटीले रुचाएका छन् । आइतबार बेलुकी राजधानीमा आयोजित शोमा सिनेमा क्षेत्रका थुप्रै सेलेब्रेटीहरुको उपस्थिति थियो ।

सिनेमा हेरेर निक्लेका सेलेब्सले  कथाबस्तु, प्रस्तुति, मेकिङ र अभिनयको तारिफ गरे । विशेष गरि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयको तारिफ भयो । उनले सिनेमामा ट्रान्सजेन्डर महिलाको भूमिकामा निर्वाह गरेकी छन् । समलिंगी पुरुष प्रेममा कतिसम्म पागल बन्न सक्छ ? ‘मारुनी’ले देखाएको छ ।

ट्रान्सजेन्डर महिलाको भूमिकामा साम्राज्ञी मज्जैले ढलेकी छन् । उनका यसअघिका सिनेमामा भन्दा ‘मारुनी’मा राम्रो काम देखिन्छ । त्यस्तै सिनेमाले पति-पत्नीको सम्वन्ध कतिसम्म बलियो हुन्छ भन्ने पनि कथाले पुष्टि गर्छ ।

निर्देशक नवल नेपालको काम पनि सबै सेलेब्रेटीले रुचाए । आफुलाई सजिलो लाग्ने जनरामा निर्देशकले पुन: एकपटक प्रमाणित गरेको उपस्थित सेलेब्रेटीको कथन थियो । त्यस्तै निर्मात्री पूनम गौतमले डिजाइन र आवश्यक लगानी गर्ने हिम्मतको पनि तारिफ भयो । विशेष गरि उनको पहिरणले साम्राज्ञीलाई ट्रान्सजेन्डरको अवतारमा ढालेको छ ।

यस्तै नव-अभिनेत्री रेविका गुरुङ पनि पहिलो सिनेमाबाटै सबैको ध्यान खिच्न सफल भइन । उनको भविश्य उज्जवल रहने सिनेकर्मीको एउटै बोलि थियो । ‘मङ्गलम’बाट राष्ट्रिय अवार्ड जितेका पुष्पले पनि राम्रै काम गरेका छन् ।

सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, आयुश प्रधान, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारको अभिनय छ ।

तस्विर: ज्ञानु राई