यशराज र फिजाको ‘लभ यु हमेशा’ शिर्ष गीत रिलिज

यशराज र फिजाको ‘लभ यु हमेशा’ शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘लभ यु हमेशा’को शीर्ष गीत सोमबार तीजको अवसर पारेर सार्वजनीक गरिएको छ । कार्तिक २२ गते नेपाल रिलिजको एक साता अघि शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य अभिनेता यशराज गरच र डेव्यु अभिनेत्री फिजा योन्जन फिचर्ड गरिएको छ ।
निर्देशक भाष्कर प्रधान भासुको शब्द तथा संगीत रहेको फिलिपिन्सको समुन्टी तटमा छायाँकन गरिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको सिनेमालाई भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।

सिनेमामा यशराज र फिजाका अलवा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय रहेको छ । शिब ढकालले छायााकन गरेको सिनेमाका गीतमा निर्देशक भासु शब्द तथा संगीत, कमल राईको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।