छठपर्वमा सुशील र रुबिनाको ‘लभ डायरिज’

छठपर्वमा सुशील र रुबिनाको ‘लभ डायरिज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको सिनेमा ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति छनोट गरेको छ । छठ पर्व लक्षित गर्दै निर्माण टिमले कार्तिक १५ लाई रिलिज तोकेको हो ।सुशील श्रेष्ठ स्टारर सिनेमाले अब कार्तिक १६ मा छठपर्वको एक दिने विदा खानेछ । सौरभ चौधरी निर्देशित सिनेमाको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ । भिजिट नेपाल २०२० लाई प्रमोट गर्ने उक्त गीतले तारिफ पनि बटुलेको थियो ।

प्रेमकथानक सिनेमामा सुशीलसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । रोमान्टिक गीत यी दुईको केमेस्ट्री सुहाएको छ । सिनेमामा विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

मधु बास्तोलाको कथा/पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह-निर्माण छ ।