विपिनको ‘सेल्फी किङ’ घोषणा, अपोजिटमा लक्ष्मी वर्देवा

विपिनको ‘सेल्फी किङ’ घोषणा, अपोजिटमा लक्ष्मी वर्देवा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा ‘सेल्फी किङ’को औपचारिक निर्माण घोषणा गरिएको छ । ‘सेल्फी किङ’लाई ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गर्दैछन् । विशाल सापकोटाले सिनेमाको निर्देशन गर्नेछन् । यो उनको डेब्यू सिनेमा हुनेछ ।

सिनेमा ‘प्रसाद’को टिमसँग अभिनेता विपिन कार्कीको दोस्रो पटक टिमअप भएको छ । सिनेमामा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ । सिनेमामा अभिनेत्री केकी अधिकारी विशेष अतिथीको रुपमा देखिनेछिन् । ‘सेल्फी किङ’को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् । प्रवल कोइराला र राजेश विशुरल सह(निर्माताको रुपमा रहेको सिनेमालाई सुशन प्रजापतिले छायाँकन गर्नेछन् ।यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको सिनेमामा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सिनेमाको घोषणा सभामा बोल्दै अभिनेता विपिन कार्कीले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । सिनेमाको कथा आफ्नो वास्तविक जीवनसँग धेरथोर मिल्ने पनि उनको भनाई छ ।

सिनेमाले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । सिनेमामा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाह गर्नेछन् । पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले न्यू कमरलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू सिनेमा निर्माणमा आएको बताए ।

सुवास भुषालको संगीत रहने सिनेमाको गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीले स्वर भर्नेछन् । निर्मल लामाले सिनेमाको गीतमा कोरियोग्राफी रहनेछ । जीवन थापाले सिनेमाको सम्पादन गर्नेछन् ।