बोर्ड अध्यक्षलाई प्रश्न : ‘दासढुंगा च्याप्टर २’लाई किन रोकियो ?

बोर्ड अध्यक्षलाई प्रश्न : ‘दासढुंगा च्याप्टर २’लाई किन रोकियो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – ‘चलचित्र पत्रकारिता कार्यशाला’ चलचित्र पत्रकार संघ, नेपालले पोखरामा आयोजना गरेको थियो । उक्त कार्यक्रमको समापनमा प्रमुख अतिथी बनेर विकास बोर्डका अध्यक्ष केशव भट्टराई पोखरा पुगेका थिए । यो कार्यक्रममा चलचित्र पत्रकार संघले विकास बोर्ड र पत्रकारबीचको सम्वन्ध कस्तो हुने विषयमा अन्र्तक्रिया सेसन राखिएको थियो । यो सेसनमा बोर्ड अध्यक्ष भठ्टराईलाई निर्माणधिन सिनेमा ‘दासढुंगा च्याप्टर २’को कथालाई किन निर्माण इजाजत दिइएन भन्ने प्रश्नको सामना गर्नुपर्यो ।सिनेमाका निर्देशक कुमार भट्टराइले बोर्डले सिनेमा रोकेर तानाशाहा लाद्न खोजेको आरोप केही समयदेखि विभिन्न मिडियामार्फत लगाउँदै आएका छन् । तर, विकास बोर्डका अध्यक्ष केशव भट्टराइले सिनेमाको निर्माण टिमले लगाउँदै आएको आरोपलाई सिधै अस्विकार गरेकाछन् । बोर्ड अध्यक्ष भट्टराईले भने–‘उहाँहरुले विभिन्न मिडियामा आरोप लगाउँदै हिड्ने अनी मैले त्यसको जवाफ दिदै हिड्नुपर्ने ? निर्माण इजाजतको विषयमा आएर मसँग आएर कुरा गर्ने कि मिडियावाजी गर्दै हिँड्ने ?’

उनले अगाडी भने–‘कुनै व्यक्तिको कथामा सिनेमा बन्दै छ भने उसको परिवार वा स्वयंम व्यक्तिसँग अनुमती लिनुपर्छ कि पर्दैन ? सिनेमामा मदन भण्डारीको हत्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधवकुमार नेपालको हात रहेको भनेर नाम नै तोकेर लेखिएको छ । तर, कथामा कतै पनि यो कुरालाई पुष्टी गरिएको छैन, यसैले बोर्ड अध्यक्ष र विकास बोर्डले सिनेमा रोक्यो भन्नुको कुनै अर्थ छैन् ।यसैले, हामीले मदन भण्डारी फाउन्डेशनलाई स्क्रिप्ट अध्ययन गरेर सुझाव पठाउन आग्रह गरेका छौ । उहाँहरुले अहिलेसम्म जवाफ फर्काउनु भएको छैन ।’ बोर्ड अध्यक्ष भट्टराईले मदन भण्डारी फाउन्डेशनबाट जवाफ आएपछि सिनेमा निर्माणमा इजाजत दिने स्पष्ट पारेका छन् । आफुले, मदन भण्डारी फाउन्डेशनलाई बोर्डमा यस्तो कथावस्तु आएको छ के गर्दा राम्रो होला भन्दै सहजीकरणका लागि पत्र काटेको समेत स्पष्ट पारेका छन् ।

तस्वीर : जक्सन डटकम