‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा !

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको घोषणा मंगलबार राजधानीमा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष बासुदेव लामिछाने दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने जानकारी दिएका हुन् ।अभिनय, गायन, नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए ।घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, गायक कमल खत्री, अभिनेता प्रशान्त ताम्राकार, गायक युवराज चौलागाईं, गायिका मिलन अमात्य र एञ्जिला रेग्मी, गायक हेमन मोक्तान, निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो । यसपटक ६ सिनेमा र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ ।

अवार्ड समारोहमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, सिनेमा र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली सिनेमा क्षेत्रलाई नै फाइदा पुर्याउने उद्देश्यले अवार्ड आयोजना गर्न लगिएको हो । अवार्डमा गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका सिनेमा तथा गीत संगीतले सहभागिता जनाउन पाउनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्ड समारोहमा दुइ दशक लामो सिनेमा यात्रा तय गरेका एक सिनेमाकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो सिनेमा यात्रा तय गरेका सिनेमाकर्मीलाई सिनेमाकर्मी सम्मान, एक पत्रकारलाई सिनेमा पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । २०७५ सालमा प्रदर्शनमा आएका सिनेमाबाट निर्णायक समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।