अर्जुन कुमारको ‘चपली हाइट ३’सँगै अन्य ३ सिनेमा घोषणा

अर्जुन कुमारको ‘चपली हाइट ३’सँगै अन्य ३ सिनेमा घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता अर्जुन कुमारले सिनेमा ‘चपली हाइट ३’ घोषणा गरेका छन् । मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरि निर्माण पक्षले सिनेमाको कास्ट एण्ड क्रु मिडियासामु घोषणा गर्यो ।निकेश खड्काले निर्देशन गर्ने सिनेमामा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गर्नेछिन् । एडल्ट सिरिजको ‘चपली हाइट ३’बाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले डेब्यु गर्दैछन् ।

सिनेमामा स्वस्तिमा र महेशको जोडी बाँधिनेछ । भने, प्रतिक श्रेष्ठले अभिनेत्री सुपुष्पा भट्टसँग जोडी बाँध्नेछन् । ‘रणवीर’ डेब्यु अभिनेत्री सुपुष्पाको असोज २४ मा ‘छ माया छपक्कै’ रिलिज हुँदैछ । यस्तै ‘चपली हाइट’को पहिलो सृंखलाका हिस्सा आमिर गौतम पनि सिनेमाको प्रमुख पात्रमा हुनेछन ।अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण रहने सिनेमालाई चैतमा प्रदर्शनको लक्ष्य राखिएको छ । अभिनेत्रीद्वय स्वस्तिमा र सुपुष्पाले कथाबस्तु र भूमिका दमदार भएका कारण सिनेमासँग आवद्द भएको जानकारी गराए ।

घोषणा सभामा निर्माता कुमारले आफ्ना आगामी सिनेमाको बारेमामा पनि जानकारी गराए । ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक सिनेमा भविश्यमा निर्माण गर्ने उनले प्रष्ट पारे ।

तस्वीर : ज्ञानु राई