फ्राईडे रिलिज : हलमा सन्नी र अनुपको ‘पासवर्ड’

फ्राईडे रिलिज : हलमा सन्नी र अनुपको ‘पासवर्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइमस, काठमाडौं – आज शुक्रबारबाट बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको सिनेमा पासवर्ड रिलिज भएको छ । यो सिनेमाको बिशिबार राजधानी स्थित कुमारी हलमा भव्य रेड कार्पेट प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको प्रिमियरको लागी अभिनेत्री सन्नी लियोनी चौंथो पटक नेपाल आएकी थिइन् । प्रिमियर शोमा उपस्थीत बलिउड अभिनेत्री सन्नीले पनि केही समय दर्शक तथा सिनेमा निर्माण युनिटसँग बसेर सिनेमा हेरेकी थिइन् । यस्तै, पासवर्डमा निर्माण अभित बस्नेतले सन्नी लियोनीको अभिनय रहने नयाँ बलिउड सिनेमाको घोषणा गरेका थिए । अमितको लगानीमा निर्माण हुने सिनेमाको सम्पुर्ण छायाँकन लण्डनमा गरिनेछ ।

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमालाई द्धन्द्व निर्देशक सम्राट बस्नेतले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । बलिउड अभिनेत्री सन्नी लियोनीका कारण चर्चामा रहेको सिनेमा औसत प्रचार प्रसारका बीच रिलिज भएको हो । ठुलो बजेटमा निर्माण भएको सिनेमाले नेपाली बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । विक्रम जोशी, अनुप विक्रम शाही, परि राना स्टारर सिनेमाले प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएको छ । एक्सन प्रधान सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । सिनेमा देशभरका मल्टिपेलेक्सदेखि सिंगल स्क्रिनसम्ममा राम्रो शोज् प्राप्त गर्न सफल भएको छ ।

सम्राट बस्नेत निर्दे्शित सिनेमामा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको सिनेमाको कथा सिमा गुरुङले लेखेकी छन् । अंकित गौतमको कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

यस्तै, आजैबाट जयकिशन बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको सिनेमा हिरो नम्बर १ पनि रिलिज भएको छ । कमेडी कथामा निर्माण भएको सिनेमा देशभरका सिंगल स्क्रिनमा मात्रै रिलिज भएको छ । सिनेमामा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।