‘पासवर्ड’ प्रिमियरमा सन्नीको भव्य स्वागत (फोटोफिचर)

‘पासवर्ड’ प्रिमियरमा सन्नीको भव्य स्वागत (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘पासवर्ड’ टिमले बलिउड अभिनेत्री सन्नी लियोनीको भव्य स्वागत गरेको छ । विहिबार बेलुका कुमारी हलमा आयोजित प्रिमियर, सन्नीलाई गरिएको स्वागतले गुञ्जयमान भएको थियो ।

फुलै-फुलले सिङ्गारिएको कुमारी परिसरमा लाखेसहित नेवारी बाजाको तामझाम देखिन्थ्यो । प्राय: प्रिमियरमा सेलेब्रेटी र पत्रकारको मात्र घुइँचो हुन्छ । तर, ‘पासवर्ड’ प्रिमियरमा आम सर्वसाधारणमा पनि इन्ट्री दिदा हल परिसरमा पाइला टेक्ने ठाउँ थिएन ।

६ बजे नै पाहुना निम्त्याइएको प्रिमियरमा २ घण्टा ढिला मात्रै सन्नीको आगमन भएको थियो । सन्नीसँग फोटो खिच्न लाइन लागेका सर्वसाधारणमाले होस गुमाएपछि प्रिमियर बिथोलिएको थियो । पब्लिक भिडकै कारण संचारमाध्यमबाट उपस्थित फोटोग्राफरलाई समेत फोटो खिच्न हम्मे परेको थियो ।


बडीगार्डसहित भिड छिचोल्दै स्टेज चढेकी सन्नीले भिडले गर्दा आफुमा डर पैदा भएको बताइन । नेपाललाई विश्वकै सुन्दर देश मान्ने सन्नीले नेपाली मो:मो स्वाद एकदमै मन पर्ने बताइन । चौथों पटक नेपाल आएकी सन्नीले ‘पासवर्ड’को एउटा गीतमा आइटम नृत्य पस्केकी छन् ।

‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी सन्नीले धेरै पटक गीत सुनेको खुसि साटिन । ‘पासवर्ड’लाई सफलताको शुभकामना दिदै सन्नीले नेपाली सिनेमाको हिस्सा बन्न पाउँदा गर्व महसुस गरेको पनि बताइन ।

सम्राट बस्नेत निर्देशित सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

तस्विर: ज्ञानु राई