‘पासवर्ड’ निर्माताको नयाँ सिनेमामा सन्नी लिड

‘पासवर्ड’ निर्माताको नयाँ सिनेमामा सन्नी लिड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता तथा अभिनेता विक्रम जोशी (विक्की)ले बलिउड अभिनेत्री सन्नी लियोनीलाई आफ्नो पहिलो सिनेमा ‘ह्याप्पी डेज’मा कास्ट गर्न चाहन्थ्ये । तर, कम बजेटका कारण निर्देशकले सन्नीलाई सिनेमामा लिन नसकिने बताएपछि विक्कीको सपना अधुरै रह्यो ।

त्यसपछि विक्कीले ‘पासवर्ड’मा लगानी गरे । महँगो रकममा सन्नीलाई एक आइटम गीत मार्फत आफ्नो सिनेमाको सदस्य बनाए । ‘पासवर्ड’ शुक्रबारदेखि अलनेपाल रिलिज भैसकेको छ । यो फिल्मको निर्माता मध्येका एक हुन् अमित बस्नेत ।

विहिबारको ‘पासवर्ड’ प्रिमियरमा सन्नीलाई साथ राख्दै निर्माता बस्नेतले नयाँ सिनेमाको घोषणा गरे । हिन्दी भाषामा निर्माण हुने सिनेमामा सन्नी लिड रहने उनले जानकारी दिए । बलिउडका थुप्रै सिनेमामा कास्टिङ निर्देशक भएर काम गरेका सनी रजानीले फिल्म निर्देशन गर्नेछन् ।

नेपाली भाषा पनि डब गरिने सिनेमाको अन्य कास्ट एण्ड क्रु घोषणा गरिएको छैन । अनटाइटल प्रोजेक्ट नेपाली हुनेछ या बलिउड निर्माण पक्षले बताएको छैन ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।