सन्नीको नयाँ सिनेमा ‘एनिमल’, प्रिमियरबारे निर्माताले मागे माफि

सन्नीको नयाँ सिनेमा ‘एनिमल’, प्रिमियरबारे निर्माताले मागे माफि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘पासवर्ड’ले लगातार राम्रो व्यापार र प्रतिक्रिया आत्मसाथ गरेको निर्माता अमित बस्नेतले बताएका छन् । शनिबार दिउँसो कुमारी हल परिसरमा दर्शक प्रतिक्रिया लिन पुगेको टिम हर्षित देखियो ।निर्देशक सम्राट बस्नेतले आफ्नो पहिलो प्रयास सार्थक बनेको बताए । अभिनेत्री परि राणाले पनि आफ्नो पहिलो काममा शतप्रतिशत दिएको र दर्शकले मन पराइदिदा खुसि महसुस भएको बताइन ।

काठमाडौँबाट चोरी गरेर लण्डन पुर्याइएका मुर्तिहरु फिर्ता गर्ने संघर्षको कथामा निर्मित सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

सन्नीलाई लिएर हरर सिनेमा बनाउने

निर्माता अमित बस्नेतले ‘पासवर्ड’को प्रिमियरमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई लिएर नयाँ सिनेमा घोषणा गरेका थिए । अत्याधिक होहल्लाका कारण उक्त प्रोजेक्टको बारेमा अधुरो जानकारी मात्र बाहिरिएको थियो ।

शनिबार निर्माता बस्नेतले सिनेमाको पूर्ण जानकारी बाहिर ल्याएका छन् । सन्नीको प्रमुख भूमिका रहने सिनेमा हिन्दी भाषामा निर्माण हुनेछ । हरर सिनेमाको वर्किङ टाइटल ‘एनिमल’ छ । एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने सिनेमा नेपाली भाषामा पनि डब गरिनेछ ।

‘सनी रजानीले निर्देशन गर्ने सिनेमाको स्क्रिप्टको काम भैरहेको छ । हामि ३५ दिन लण्डनमा छायाँकन गर्नेछौँ । बाँकी कुराको छिनोफानो हुन् बाँकी छ ।’ निर्माता बस्नेतले बताए ।

विहिबारको अव्यस्थित प्रिमियरलाई लिएर बस्नेतले माफि पनि मागेका छन् । ‘म प्रिमियरको बिहान मात्रै युकेबाट ल्याण्ड भएको थिए । त्यसैले प्रिमियर व्यवस्थापनको जिम्मा एक इभेन्ट आयोजकलाई दिएको थिए । हामीले सबैको लागि राम्रो होस् भनेरै भव्य प्रिमियरको आयोजना गरेका थियौँ । तर, ठुलो भिडको कारण विदेशी पाहुनालाई अलि खल्लो महसुस हुन् पुग्यो । त्यसैले यस विषयमा माफि चाहन्छु ।’