भुवनले गरे ‘एन्टी हिरो’बारे समाचारको खण्डन

भुवनले गरे ‘एन्टी हिरो’बारे समाचारको खण्डन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता भुवन केसीले आफ्नो आगामी सिनेमा ‘एन्टी हिरो’को बारेमा पछिल्लो समय सम्प्रेषण भैरहेका समाचारको खण्डन गरेका छन् । केहि अनलाइन पोर्टलबाट ‘एन्टी हिरो’मा जसिता गुरुङ रहने र भुवनले सिनेमा निर्देशन गर्ने भनेर समाचार सम्प्रेषण भएका थिए ।शनिबार भुवनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट समाचारको खण्डन गर्दै स्टाटस लेखेका छन् । उनको स्टाटसमा लेखिएको छ ‘काजल फिल्मस र मेरो आगामी सिनेमाको बारेमा सानो जानकारी: हामी अहिले प्रि-प्रोडक्सनमा छौँ । अहिलेसम्म बजारमा आएका केहि समाचार गलत छन् । सहि समयमा हामि मेरो आधिकारिक फेसबुक पेज र काजल फिल्मसको इन्स्टाग्राम पेजबाट महत्वपूर्ण समाचार बाहिर ल्याउने छौँ । अहिलेसम्म अनमोल केसी र भुवन केसी मात्र सिनेमाको लागि फाइनल भएका छन् ।
सादर… भुवन केसी ।’

काजल फिल्मसको व्यानरमा निर्माण हुने सिनेमाको लागि ‘कास्ट एण्ड क्रु’को आधिकारिक सूचना बाहिरिएको छैन । सिनेमामा भुवन भिलेन र अनमोलले हिरोको रुपमा प्रस्तुत हुँदैछन् ।