‘कबड्डी कबड्डी कबड्डी’को ग्राण्ड प्रिमियर सम्पन्न (फोटोफिचर)

‘कबड्डी कबड्डी कबड्डी’को ग्राण्ड प्रिमियर सम्पन्न (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संविधान दिवस अर्थात असोज ३ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिजको पुर्वसन्ध्यामा ग्राण्ड प्रिमियर सम्पन्न गरेको छ । राजधानीको जय नेपाल हलमा आयोजित प्रिमियरमा सिनेकर्मी र पत्रकारको घुइँचो लाग्यो ।

रामबाबु गुरुङ निर्देशित सिनेमा हेरेपछि सबैले तारिफ गरे । करिब ४ वर्ष पछि ‘कबड्डी’ फ्लेवरको मिठो स्वाद लिन पाएको आगन्तुक पाहुनाले प्रतिक्रिया दिए । रामबाबुको सिनेमा मेकिङको सबैले मुक्तकण्ठाले प्रसंसा गरे ।

‘कबड्डी’का अघिल्ला शृंखला स्मरणसहित सुरु हुने सिनेमामा यसपटक उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राईलगायातका मुख्य कलाकारको इन्ट्री भएको छ । भने, दयाहाङ राई, रिश्मा गुरुङ, विजय बराल, बुद्दि तामाङलगायत यथावत छन् ।

एडभान्स बुकिङमा सिनेमाको प्रदर्शन उत्कृष्ट छ । त्यसैले पहिलो दिनमा नै डेढ करोडसम्मको व्यापार गर्ने अनुमान छ । विहिबार बेलुकासम्म मल्टीप्लेक्सका सिट ६० देखि ८० प्रतिशतको बीचमा भरिएका छन् । ‘जात्रै जात्रा’को सफलता पछि सुस्ताएको सिनेमाबजारलाई ‘कबड्डी कबड्डी कबड्डी’ले उच्च विन्दुमा पुर्याउने संकेत देखाएको छ ।

मुस्ताङको नौरिकोटको कथा यस शृंखलामा पोखरा र घान्द्रुकसँग जोडिएको छ । स्वजातिय र अन्तरजातीय प्रेमकथामा आधारित फिल्म पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पनि अभिनय छ ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा छन् ।

तस्विर: ज्ञानु राई