शनिबार ‘कबड्डी ३’ अकुपेन्सी शतप्रतिशतमा, हल ओइरिए दर्शक

शनिबार ‘कबड्डी ३’ अकुपेन्सी शतप्रतिशतमा, हल ओइरिए दर्शक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले सुस्ताएको नेपाली बक्सअफिस चलायमान बनाएको छ । दोस्रो दिनमा पनि सिनेमाप्रति दर्शकको क्रेज बुलन्द देखिएको छ ।


शनिबारको विदामा विहानैदेखि शोज हाउसफुल छन् । पहिलो दिन १ करोड ४७ लाख व्यापार गरेको सिनेमाले अझ ठुलो अंक हात पार्ने संकेत देखाएको छ । यहि रफ्तारले सिनेमाको लगानी पहिलो विकेन्डमा उठ्ने देखिएको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाको दर्शक प्रतिक्रिया बुझ्न शनिबार हल छिरेको निर्माण पक्षलाई दर्शकले मिठो स्वागत गरेका छन् । गोपीकृष्ण परिसरमा विहानैदेखि सिनेमा हेर्ने दर्शकको घुइंचो लागेको छ । भने, देशैभर नेपाली सिनेमा हेर्न लामो समय पछि दर्शक ओइरिएका छन् । आजै जन्मदिन परेकी अभिनेत्री उपासना सिंह ठकुरीले दर्शकको बीचमा केक काटेर सेलेब्रेसन गरेकी थिइन् ।

दर्शकले सिनेमालाई राम्रो भनेका कारण यो साता भरि नै हलमा चाप रहिरहने छ । सर्वाधिक हल र शोज हात पारेको सिनेमा ब्लकबस्तर क्लब (१० करोड क्लब) समावेश हुन् सक्छ ।

सिनेमामा  दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।

तस्विर: दीपेन्द्र घिमिरे