‘रातो टिका निधारमा’ सफलताको लागि फ्यानद्वारा साम्राज्ञीलाई शुभकामना

‘रातो टिका निधारमा’ सफलताको लागि फ्यानद्वारा साम्राज्ञीलाई शुभकामना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्लक्ष्मी शाहलाई आफ्ना शुभचिन्तकले उपहारसहित आगामी सिनेमा ‘रातो टिका निधारमा’को सफलताको शुभकामना दिएका छन् । डिसिएन कार्यालय, कमलपोखरीमा साम्राज्ञीले फ्यानसँग खुसि साटिन ।


अशोक शर्मा निर्देशित सिनेमा ‘रातो टिका निधारमा’ असोज १० गतेदेखि अलनेपाल रिलिज हुँदैछ । सिनेमामा साम्राज्ञीले मुख्य भूमिका निर्वाह गरेकी छन् । यहि सिनेमाको लागि उत्साहित बनेका फ्यानले साम्राज्ञीसँग केक काट्दै शुभकामना दिएका हुन् । फ्यानसँग अन्तरक्रिया गर्न पाउँदा आफुलाई खुसि लागेको र सिनेमा रिलिज पछि पनि फ्यानको यस्तै माया पाउने आशा गरेको साम्राज्ञीले बताइन ।

वर्षको प्रतिक्षित सिनेमामा साम्राज्ञीसँग नव-अभिनेता अंकित शर्माले जोडी बाँधेका छन् । यस कार्यक्रममा साम्राज्ञीले आफ्ना फ्यानसँग अंकितको परिचय पनि गराईदिएकी पनि थिइन् । फ्यानसँगको परिचय पश्चात अंकितले मायाको लागि धन्यवाद व्यक्त गरेका थिए ।

सिनेमाको शिर्ष गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । वैदेशिक रोजगारीको कथामा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

तस्विर: ज्ञानु राई