नीताको फेसबुक अकाउन्ट ह्याक, म्यासेन्जरको लिंक नखोल्न आग्रह !

नीताको फेसबुक अकाउन्ट ह्याक, म्यासेन्जरको लिंक नखोल्न आग्रह !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री नीता ढुंगानाको अफिसियल फेसबूक अकाउन्ट ह्याक भएको छ । शनिबार रातिदेखि अकाउन्ट ह्याक भएर तनावमा रहेकी नीताले म्यासेन्जरमा आउने अपरिचित लिंक नखोल्न सबैलाई आग्रह पनि गरेकी छन् ।

अपरिचित व्यक्तिबाट आएको लिंक खोल्दा फेसबुक ह्याक हुने सम्भावना रहने भएकाले उनले सबैलाई सतर्क रहन पनि आग्रह गरेकी छन् । आफ्नो अकाउन्ट कसले र किन ह्याक गर्यो भन्नेबारे पत्ता नलागेको उनले बताइन । ह्याक भएको अकाउन्ट रिकभर गर्न आइटी एक्सपर्टले प्रयास गरिरहेको उनले जानकारी दिएकी छन् ।

नीता अभिनित सिनेमा ‘रातो टिका निधारमा’ असोज १० गतेदेखि अलनेपाल रिलिज हुँदैछ । अशोक शर्मा निर्देशित सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको पनि मुख्य भूमिका छ ।