विकेन्डमा ‘कबड्डी ३’को कलेक्सन ४ करोड माथि, रफ्तार कायमै

विकेन्डमा ‘कबड्डी ३’को कलेक्सन ४ करोड माथि, रफ्तार कायमै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा एतिहासिक व्यापार गरिरहेको छ । प्राय: सिनेमाको व्यापारमा आइतबारदेखि झन्डै ५० प्रतिशत गिरावट आउछ । तर, ‘कबड्डी ३’को शनिबारको तुलनामा आइतबार ३३.६४ प्रतिशत मात्र गिरावट आएको छ ।

वितरक कम्पनि ‘स्टेशन ५’ले दिएको जानकारी अनुसार सिनेमाले आइतबार १ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ । बलियो वर्ड अफ माउथले गर्दा आइतबार पनि सिनेमाले राम्रो होल्ड गर्न सफल भएको हो । पहिलो विकेन्डमै रामबाबु गुरुङ निर्देशित कमेडी ड्रामाले ४ करोड ३२ लाख जम्मा गरिसकेको छ । सिनेमाले पहिलो दिन १ करोड ४७ लाख र दोस्रो दिन १ करोड ७८ लाख ग्रस बटुलेको थियो ।

सिनेमाले पहिलो साता नेपाली बक्सअफिसमा ७ करोडको आँकडा छुने ट्रेडको अनुमान छ । विकेन्डमै सिनेमाले लगानी रिकभर गरेर नाफाको बाटोमा दौडीसकेको छ ।


सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।