‘एन्टी हिरो’ भन्दा अगाडी अनमोलको ‘धुपौरे’, साम्तेन भुटिया निर्देशक

‘एन्टी हिरो’ भन्दा अगाडी अनमोलको ‘धुपौरे’, साम्तेन भुटिया निर्देशक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता अनमोल केसी नयाँ सिनेमासँग जोडिएका छन् । अनमोलको मुख्य भूमिका रहने गरि निर्देशक साम्तेन भुटियाले ‘धुपौरे’ निर्देशन गर्ने भएका छन् ।

मंगलबार सिनेमाको शिर्षक लोगो सार्वजनिक गर्दै निर्माण पक्षले पहिलो चरणको सुचना बाहिर ल्याएको छ । डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने सिनेमाको पोस्टरमा जुवा-पैसाको चलखेल देखाइएको छ ।

जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्ने सिनेमाको छायाँकन मंसीरबाट सुरु हुनेछ । ‘धुपौरे’ पछि मात्र अनमोलले होम प्रोडक्सनको ‘एन्टी हिरो’मा काम गर्नेछन् । जेएस इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा नयाँ फिमेल लिड योजना भैरहेको छ ।

गत वर्षको सुपरहिट सिनेमा ‘ए मेरो हजुर ३’ पश्चात अनमोलका कुनै प्रोजेक्ट फ्लोरमा गएका छैनन् । साम्तेनको कमेडी सिनेमा ‘च च हुई’ आगामी मंसीर ६ गते रिलिज हुँदैछ । उक्त सिनेमामा आर्यन सिग्देल र मीरुना मगर लिडमा छन् ।