त्रिनेत्र फाउन्डेसनसँग ‘रातो टिका निधारमा’ टिमको दशैँ

त्रिनेत्र फाउन्डेसनसँग ‘रातो टिका निधारमा’ टिमको दशैँ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार दिउँसो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता अंकित शर्मा, रविन्द्र झा र निर्देशक अशोक शर्मासहितको टोली गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा व्यस्त देखिन्थ्ये ।


प्राय: सिनेमाको कार्यक्रममा देखिने यो टिमले, त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकाहरुसँग आत्मियता साटीरहेको थियो । नयाँ कपडा उपहार र नयाँ व्यक्तिको मायासँगै खाना खान पाउदा बालबालिकाहरु खुसि देखिन्थ्ये ।

टिमले त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसिको माहोल छरेको थियो । वेमेन्स रूम्स रिलोटेड (WRR) को सहकार्यमा असोज १० गते रिलिज हुने सिनेमा ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।


पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा साम्राज्ञी भावुक भइन । ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइन् । पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सानो सहयोग गर्न पाउँदा खुसि लागेको छ ।’ भावी दिनमा समाज सेवामा आउने योजना रहेको बताउदै साम्राज्ञीले सहि समयको पर्खाइमा रहेको बताइन । ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनु पर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन । भावी दिनमा अवस्य पनि तन-मन लगाएर सामाजिक कार्यमा हिड्नेछु ।

दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । ‘दशैँ भन्न वितिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु ।’ निर्देशक शर्माले भावुक स्वरमा भने ।


यस्तै ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनु भएन । तर, आज आएर असहायहरुलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्ट भएको छु ।’ अंकितले भने ।

उता भावुक बनेका अभिनेता रविन्द्र झाले पन आफ्नो सानो सहयोगको कसैको जीवनमा ठुलो खुसि ल्याउने राय व्यक्त गरे । ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ । हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो सिनेमाले सबैलाई समेट्ने छ ।’ झाले भने ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा सिनेमाले भन्नेछ ।

तस्विर: ज्ञानु राई