असोज १२ मा हुने भयो ‘ट्रिब्यूट टू महानायक राजेश हमाल’

असोज १२ मा हुने भयो ‘ट्रिब्यूट टू महानायक राजेश हमाल’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं महानायक राजश हमाललाई साधना कला केन्द्र र लाइभ नेपालले ‘ट्रिब्यूट’ गर्ने भएको छ । दुई संस्था मिलेर संयुत्त रुपमा आयोजना गर्ने कार्यक्रमको नाम ‘ट्रिब्यूट टू महानायक राजेश हमाल’ राखिएको छ । तीन दशकदेखि सिनेमा क्षेत्रमा अनवरत रुपमा काम गरेका अभिनेता राजेश हमाललाई उनले दिएको योगदानको करद गर्दै सम्मान गर्न लागिएको कार्यक्रमका प्रमुख मिलन मोक्तानले बताए ।उक्त कार्यक्रममा महानायक राजेश हमाललाई विभिन्न सरकारी तथा नीजि संस्थाहरुले पनि सम्मान गर्ने छन् । असोजको १२ गते होटल सोल्टीमा राजेशलाई सम्मान गर्न लागिएको हो । आयोजकका अनुसार ‘ट्रिब्यूट टू राजेश हमाल’ का लागी भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार पनि नेपाल आउँदैछन् ।

उनीहरुसँगै नेपालका गायक–गायिकाहरु प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दिप क्षेत्री आदिले कार्यक्रममा प्रस्तुती दिनेछन् ।