द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सिनेमाका चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ । भारतीय मिडियाका अनुसार आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उनले अन्तिम सास लिएका थिए । उनका परिवार र डाक्टरले यो खबरको पुष्टि गरेको भारतीय मिडिया आज तकले लेखेको छ ।
सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । वेणुलाई हैदराबादको एक अस्पतालमा लाइफ सपोर्ट सिस्टमको सहारामा राखिएको थियो । माधव लामो समयदेखि मृगौला र कलेजोको समस्यासँग जुधिरहेका थिए । उनी मात्रै ३९ वर्षका थिए । डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । यही बीचमा उनको अचानक निधन भएको हो ।
करिब २०० सिनेमामा अभिनय गरेका बेणुको निधन भएसँगै तेलुगु देशम पार्टीका अध्यक्ष तथा आंन्ध्र प्रदेशका मुख्य मन्त्री एन चन्द्रबाबु नाइडुले सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रद्धाञ्जली अपर्ण गरेका छन् । उनको निधनमा पुरै दक्षिण भारतीय सिनेमा उद्योग नै शोकमा डुबेको भारतीय मिडियाले जनाएका छन् ।
वेणुले एक मिमिक्रि कलाकारको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । यस्तै, अनले १९९६ मा रिलिज भएको सिनेमा ‘सम्प्रदायम’बाट तेलुगु सिनेमा उद्योगमा डेव्यु गरेका हुन् । वेणु पछिल्लो समय सिनेमासँगै राजनितीमा पनि सक्रिय हुने तयारीमा थिए । उनले केही समय पहिले भारतमा सम्पन्न लोक सभा चुनावमा तेलुगु देशम पार्टीको चुनाव प्रचार प्रसारमा निकै खटिएका थिए ।



प्रतिक्रिया