तेलुगु सिनेमाका चर्चित हास्यकलाकार वेणु माधवको निधन

तेलुगु सिनेमाका चर्चित हास्यकलाकार वेणु माधवको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सिनेमाका चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ । भारतीय मिडियाका अनुसार आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उनले अन्तिम सास लिएका थिए । उनका परिवार र डाक्टरले यो खबरको पुष्टि गरेको भारतीय मिडिया आज तकले लेखेको छ ।

सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । वेणुलाई हैदराबादको एक अस्पतालमा लाइफ सपोर्ट सिस्टमको सहारामा राखिएको थियो । माधव लामो समयदेखि मृगौला र कलेजोको समस्यासँग जुधिरहेका थिए । उनी मात्रै ३९ वर्षका थिए । डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । यही बीचमा उनको अचानक निधन भएको हो ।करिब २०० सिनेमामा अभिनय गरेका बेणुको निधन भएसँगै तेलुगु देशम पार्टीका अध्यक्ष तथा आंन्ध्र प्रदेशका मुख्य मन्त्री एन चन्द्रबाबु नाइडुले सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रद्धाञ्जली अपर्ण गरेका छन् । उनको निधनमा पुरै दक्षिण भारतीय सिनेमा उद्योग नै शोकमा डुबेको भारतीय मिडियाले जनाएका छन् ।

वेणुले एक मिमिक्रि कलाकारको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । यस्तै, अनले १९९६ मा रिलिज भएको सिनेमा ‘सम्प्रदायम’बाट तेलुगु सिनेमा उद्योगमा डेव्यु गरेका हुन् । वेणु पछिल्लो समय सिनेमासँगै राजनितीमा पनि सक्रिय हुने तयारीमा थिए । उनले केही समय पहिले भारतमा सम्पन्न लोक सभा चुनावमा तेलुगु देशम पार्टीको चुनाव प्रचार प्रसारमा निकै खटिएका थिए ।