‘रातो टिका निधारमा’को अग्रिम टिकट बुकिङ खुल्यो

‘रातो टिका निधारमा’को अग्रिम टिकट बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज १०, शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रातो टिका निधारमा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अकिंत शर्मा स्टारर सिनेमालाई वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । सिनेमाको गीत, संगीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका कारण पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

बुधबारबाट खोलिएको बुकिङमा ‘रातो टिका निधारमा’ले मल्टिप्लेक्स हलमा उच्च शोज हात पारेको छ । सिनेमालाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसल गरी ३४ शोज उपलब्ध गराएको छ । भने, विग मुभिजले ६, एफ क्युबले ५, बिएसआरले ६, सिने डि सेफले ५, क्युज सिनेमाजले ४, र पोखराको मिड टाउन ग्यालरीले ४ शोज दिएको छ ।

अशोक शर्माले निर्देशन गरेको सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । सिनेमा निर्माण टिम अहिले सिनेमाको प्रचार प्रसारमा निकै खटिएको छ । जसको परिणाम भोलि शुक्रबारबाट आउन थाल्ने निर्देशक शर्माको भनाई छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।