अक्षय नम्बर १, समकालीन अभिनेतामा को कति सफल ?

अक्षय नम्बर १, समकालीन अभिनेतामा को कति सफल ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडलाई डोर्याईरहेको पुस्ताका प्रभावशाली अभिनेताद्वयमा सलमान खान, अक्षय कुमार, आमिर खान, शाहरुख खान र अजय देवगण पर्छन । समकालीन यी पाँच अभिनेताको बक्सअफिसमा ठुलै भिडन्त हुने गर्दछ ।

यी पाँच जनाको उमेर समुह पनि लगभग उस्तै छ । अजय ५०, अक्षय ५२, सलमान र शाहरुख ५३, अनि आमिर ५४ वर्षका भए । ५ वर्षको बीचमा यी अभिनेताले बलिउडमा इन्ट्री गरिसकेका थिए । अहिले यी अभिनेतासँग सिनेमा जुधाउनु भन्दा पहिले मेकरहरुले ठण्डा दिमागले सोच्नुपर्ने हुन्छ ।

यी अभिनेतामा को नम्बर १ भन्ने होडबाजी पनि चल्छ । के तपाईलाई थाहा छ, यी अभिनेतामा मध्ये बक्सअफिसमा सर्वाधिक सफल सिनेमा कस्को धेरै छन् ? आज हामि यी अभिनेताको सफलतालाई अनुपातमा हेर्नेछौँ ।

सुपरहिट, हिट, सेमीहिट र एभरेज (लगानी उठाएका) सिनेमा भर्सेस फ्लप सिनेमाको हिसाबबाट अनुपात निकालिएको छ । यहाँ लगानी उठाएका सिनेमालाई सफलमा जोडिएको छ ।

१) अक्षय कुमार

डेब्यु सिनेमा ‘सुगन्ध’ फ्लप भए पनि अक्षय कुमार प्रतिशतका आधारमा पहिलो नम्बरमा छन् । १ सय १३ सिनेमा रिलिज हुँदा मात्र ३८  सिनेमा फ्लप भएका छन् । लगानी मात्र उठाउने सिनेमाको संख्या ३० छ । भने, ५ सेमीहिट, २१ हिट र १९ सुपरहिट सिनेमा अक्षयले दिएका छन् ।

अक्षयको सफल सिनेमाको अनुपात ६६.३७ प्रतिशत छ । अक्षयका पछिल्ला १७ सिनेमा सफल छन् ।

२) शाहरुख खान

‘दिवाना’बाट बलिउडमा सुखद डेब्यु गरेका शाहरुख खानको पछिल्लो समय स्टारडम कमजोर मानिएको छ । कुनै समय बलिउडमा एकछत्र राज गरेका शाहरुखका ६१ सिनेमा रिलिज भैसकेका छन् ।

जसमध्ये २० सिनेमा फ्लप भएका छन् । १४ सुपरहिट र ११ हिट सिनेमा दिएका शाहरुख ७ सेमीहिट छन् । भने, ७ सिनेमाले लगानी मात्र उठाउन सफल भएका छन् । शाहरुखको सफल सिनेमाको अनुपात ६३.९३ प्रतिशत छ ।

शाहरुखका पछिल्ला ५ सिनेमामा ३ बक्सअफिसमा असफल भएका छन् । भने, बाँकी २ सिनेमाले लगानी मात्र रिकभर गरेका छन् ।

३) आमिर खान

‘कयामत से कयामत तक’बाट सफल डेब्यु गरेका आमिरले आफ्नो करिअरमा थोरै तर सम्झिनलायक सिनेमामा अभिनय गरेका छन् । ३ दशक लामो करिअरमा आमिरले मात्र ४२ सिनेमा गरेका छन् ।

१० सुपरहिट, ८ हिट र ३ सेमीहिट सिनेमा दिएका आमिरका १६ सिनेमा बक्सअफिसमा फ्लप भएका छन् । भने, ५ सिनेमाले लगानी मात्र रिकभर गर्न सकेका छन् ।

आमिरको सफल सिनेमाको अनुपात ६१.९० प्रतिशत छ । आमिरका पछिल्ला ५ सिनेमामा मात्र एउटा असफल भएको छ ।

४) सलमान खान

‘मेइने प्यार किया’बाट डेब्यु गरेका सलमानका ७६ सिनेमा रिलिज भैसकेका छन् । पछिल्लो समय बक्सअफिस लिड गरिरहेका सलमानका ३५ सिनेमा फ्लप छन् । भने, ४ वटाले लगानी मात्र रिकभर गरेका छन् ।

यस्तै १९ सुपरहिट र १३ हिट दिएका सलमानले ५ सेमीहिट दिएका छन् । सलमानको सफल सिनेमाको अनुपात ५३.९४ छ । सलमानका पछिल्ला ५ सिनेमा मध्ये ३ सुपरहिट र २ वटाले लगानी मात्र उठाएका थिए ।

५) अजय देवगण

‘फुल और कांटे’बाट बलिउड डेब्यु गरेका अजय देवगणका ९६ सिनेमा रिलिज भैसकेका छन् । यी यस्ता अभिनेता हुन्, जस्को ५० प्रतिशत बढी सिनेमा फ्लप भएका छन् ।

१० सुपरहिट र १४ हिट सिनेमा दिएका अजयको ४९ फ्लप छन् । भने, ६ सेमिहिट र १५ सिनेमाले लगानी मात्र रिकभर गरेका छन् । अजयको सफल सिनेमाको अनुपात ४६.८७ प्रतिशत मात्र छ ।

अजयको डेब्यु सिनेमा नै सुपरहिट भएको थियो । पछिल्ला ५ सिनेमाको नतिजा नियाल्दा १ सुपरहिट, १ हिट, २ सेमीहिट र १ फ्लप सिनेमाले सुचीमा इन्ट्री गरेका छन् ।