पहिलो सातामा ‘कबड्डी ३’को व्यापार ७ करोड माथि

पहिलो सातामा ‘कबड्डी ३’को व्यापार ७ करोड माथि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ३ गते रिलिज भएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले आफुलाई बक्सअफिसमा प्रभावशाली देखाएको छ । वितरक कम्पनि ‘स्टेशन ५’ले सात दिने ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।


पहिलो चार दिनमा ५ करोड २० लाख ग्रस कमाएको सिनेमाले बाँकी तीन दिनमा २ करोड १८ लाखको व्यापार गर्न सफल भयो । रामबाबु गुरुङ निर्देशित सिनेमाले १०५.४२ लाखको एभरेजमा सात दिन भित्र ७ करोड ३८ लाख ग्रस बटुलेको छ ।

शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शन हुने सिनेमाले मल्टीप्लेक्स र सिंगलमा आफ्नो दबदबा कायमै राखेको छ । त्यसैमा दर्शकबाट पाएको बलियो वर्ड अफ माउथले दोस्रो सातामै १० करोड ग्रसको अंक छुने अनुमान गरिएको छ ।

दर्शकले रामबाबु गुरुङको निर्देशन र कलाकारको अभिनयलाई अत्याधिक रुचाएका छन् ।  सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।