२०७७ को दशैँमा अशोक शर्माको ‘अल्लारे २’

२०७७ को दशैँमा अशोक शर्माको ‘अल्लारे २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक अशोक शर्माले आगामी वर्षको दशैँमा ‘अल्लारे २’ दर्शक माँझ ल्याउने भएका छन् । उनको कमब्याक पछिको दोस्रो सिनेमा ‘रातो टिका निधारमा’ शुक्रबारदेखि अलनेपाल रिलिज भैसकेको छ ।‘रातो टिका निधारमा’को अन्त्यमा निर्देशक शर्माले ‘अल्लारे २’को घोषणा गरेका छन् । ‘मितिनी’ रिलिजको १२ वर्ष पछि निर्देशनमा फर्किएका शर्माले गत वर्षको दशैँमा ‘जय भोले’ रिलिज गरेका थिए । बक्सअफिसमा सफल सिनेमाको अन्त्यमा ‘रातो टिका निधारमा’ घोषणा गरिएको थियो ।

सन् १९९७ मा रिलिज भएको ‘अल्लारे’मा राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका थियो । सुपरहिट सिनेमाको गीतलाई सापटी लिएर यो दशैँमा ‘रातो टिका निधारमा’ रिलिज गरिएको छ ।

‘अल्लारे’मा शम्भुजित बाँस्कोटाको कथा र संगीत, स्वर्गीय शिव रेग्मीको पटकथा र अशोक शर्माको निर्देशन थियो । सिनेमामा अशोक शर्मा, निर शाह, सुभद्रा अधिकारी, नारायण त्रिपाठी, श्रीषा कार्की पनि अभिनय गरेका थिए ।

वैदेशिक रोजगारको कथामा निर्माण भएको ‘रातो टिका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायातका कलाकारको अभिनय छ ।