देशव्यापी प्रदर्शनमा ‘रातो टिका निधारमा’

देशव्यापी प्रदर्शनमा ‘रातो टिका निधारमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज १० अर्थात आज शुक्रबारबाट साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर सिनेमा ‘रातो टिका निधारमा’ले बक्सअफिसमा प्रदर्शन सुरु गरेको छ । वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको ‘रातो टिका निधारमा’ले दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ ।राम्रो प्रचार प्रसारका बीच रिलिज भएको सिनेमाले शुक्रबार विहान आयोजित प्रेस शोबाट राम्रो प्रतिक्रिया पाएको छ । अशोक शर्माको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकबाट निकै राम्रो तारिफ पाएको थियो । दशैँको अवसरमा रिलिज भएका कारण पनि सिनेमाले दर्शकको राम्रो साथ पाउने अपेक्षा सिनेमाकर्मीलाई छ ।

सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । सिनेमा निर्माण टिम अहिले सिनेमाको प्रचार प्रसारमा निकै खटिएको छ । जसको परिणाम भोलि शुक्रबारबाट आउन थाल्ने निर्देशक शर्माको भनाई छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।