‘रातो टिका निधारमा’को तारिफ

‘रातो टिका निधारमा’को तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रातो टिका निधारमा’को विहानी शो पत्रकारलाई देखाइएको छ । सिनेमाको टिमसहितको प्रेस शोमा निर्माण पक्षले राम्रो प्रतिक्रिया ग्रहण गर्यो ।शो उपस्थित पत्रकारले सिनेमाको प्रशंसा गरे । विशेष गरि सिनेमाले उठाएको कन्टेन्टलाई रुचाइयो । वैदेशिक रोजगार पछाडी नलागेर स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने संदेश सिनेमाले बोकेको छ ।

सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

तस्विर: ज्ञानु राई