फस्टलुक पोस्टरसँगै ‘साङ्लो’को नयाँ रिलिज मिति घोषणा

फस्टलुक पोस्टरसँगै ‘साङ्लो’को नयाँ रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन स्टार विराज भट्टको डेब्यू निर्देशकिय सिनेमा ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । एक्सन लुकमा प्रस्तुत सार्वजनिक पोष्टरमा अभिनेता भट्टलाई मात्रै फिचर्ड गरिएको छ । पोस्टरसँगै सिनेमाको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि कात्तिक १५ मा आउने निश्चित भएको सिनेमा अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ ।यसअघि नै फागुन ९ लाई ‘लप्पन छप्पन २’, ‘आमा’ र ‘दयारानी’ आफ्नो प्रदर्शन मिति घोषणा गरेका थिए । ‘साङ्लो’ले पनि फस्टलुक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति फाइनल गरेसँगै अब फागुन ९ गते चार सिनेमा रिलिज हुने पक्का भएको हो । ‘साङ्लो’ लाई विराज स्वयंले निर्माण गरेका हुन् ।

यही सिनेमाबाट एक्सन स्टार विराज भट्ट निर्माण तथा निर्देशनमा होमिएका हुन् । ‘साङ्लो’ ले आफ्नो पुरानो स्टारडम फिर्ता गर्नेमा उनी विश्वस्त छन् । लामो समयदेखि काँचको पर्दाबाट टाढा रहेका कारण उनको एक्सनको भोका प्रशंसकमाझ सिनेमाको व्यग्र प्रतिक्षा छ । सिनेमाले किड्नी तस्करीको कथा भन्ने निर्माण टिमको भनाई छ ।

सिनेमामा विराजको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । सिनेमामा प्रकाश शाह नेगेटिभ रोलमा छन् । श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन रहेको सिनेमामा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको सिनेमाको कथा शिवम् अधिकारीले तयार पारेका हुन् ।