निगमले ‘छड्के २’ बनाउने, अर्को वर्षको दशैँमा रिलिज

निगमले ‘छड्के २’ बनाउने, अर्को वर्षको दशैँमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मल्टीस्टारर सिनेमा ‘छड्के’को सिक्वेल निर्माण हुने भएको छ । निगम श्रेष्ठले निर्देशन गर्ने सिनेमा अहिले प्रि-प्रोडक्सनमा छ । नेगेटिभ बुद्ध र रस ताण्डवले बनाउने सिनेमाको पोस्टर पनि सार्वजनिक गरिएको छ ।


दशैँ २०७७ लाई रिलिज मिति तय गरेको ‘छड्के २’को कास्टिङ फाइनल भैसकेको छैन । प्रेसमिट मार्फत छिट्टै नै सिनेमाको कास्ट एण्ड क्रु सार्वजनिक गरिनेछ ।

सिनेमाको अघिल्लो शृंखलामा सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, रविन तामाङ, विपिन कार्की, अर्पण थापा, कामेश्वर चौरसिया जस्ता चर्चित कलाकारको अभिनय थियो । सन् २०१३ मा रिलिज भएको ‘छड्के’ले बक्सअफिसमा इनिसियल व्यापार राम्रो गरेको थियो ।