‘सेल्फी किङ’को विदेशमा चर्को माग, अस्ट्रेलिया राइट २५ लाखमा बिक्री

‘सेल्फी किङ’को विदेशमा चर्को माग, अस्ट्रेलिया राइट २५ लाखमा बिक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को विदेशमा उच्च माग देखिएको छ । यसअघि ‘प्रसाद’ जस्तो सफल सिनेमा निर्माण गरेका कारण विदेश प्रदर्शनका लागि वितरकहरु बिच तछाडमछाड देखिएको निर्माण टिमले बताएको छ ।

निर्माता सुभाष थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले नै ‘सेल्फी किङ’को प्रदर्शन अधिकार खरिद गरेको छ । गोर्खेले २५ लाख रुपैयाँमा सिनेमाको अष्ट्रेलियाको प्रदर्शन अधिकार खरिद गरेको हो ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि सिनेमाको प्रदर्शन राइट्स् खरिदको लागि बाक्लो प्रस्तावहरु आइरहेको थापाले जनाएका छन् । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’का वितरकहरु नै ‘सेल्फी किङ’ खरिदका लागि इच्छुक देखिएका छन् । उनका अनुसार केही दिनमै अन्य देशका वितरकसँग प्रदर्शनको लागि सम्झौता हुनेछ ।

दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको सिनेमा ड्रामा प्लस कमेडी जनराको हो । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । सिनेमालाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

विपिनका अलवा सिनेमामा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ । भने, अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा प्रस्तुत गरिदै छ ।

सिनेमामा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन छ ।