‘आमा’ पोस्टर रिलिज, सुरक्षाको भिन्न अवतार

‘आमा’ पोस्टर रिलिज, सुरक्षाको भिन्न अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा सुरक्षाको अवतार भिन्न छ । चिताको अगाडी उनले कपाल मुण्डन गरेकी छन् । नेपाली समाजमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ । सम्भवत: सिनेमाको कथा यहि मान्यताविरुद्द हुने पोस्टरले सङ्केत गर्छ ।

महाशिवरात्रीको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको सिनेमाले आमा-छोरीको कथा भन्छ । फिल्ममा मिथिला ‘आमा’ र सुरक्षाको ‘छोरी’को नातामा देखिदैछन् । सिनेमामा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको पनि अभिनय छ ।

शर्मिला पाण्डेको लगानीमा निर्मित सिनेमाको सह निर्माता सन्तोष अधिकारी हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा निर्देशक स्वयम्को लेखन तथा छायाँकन छ ।