महजोडीको सिनेमा पनि दशैँमा, प्रदीप भट्टराईको निर्देशन

महजोडीको सिनेमा पनि दशैँमा, प्रदीप भट्टराईको निर्देशन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ सिनेमा घोषणा गरिएको छ । अनटाइटल प्रोजेक्टलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

प्रदीप र महजोडीले यसअघि ‘शत्रु गते’मा सहकार्य गरेका थिए । जुन सिनेमा बक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो । २०७७ को दशैँलाई रिलिज घोषणा गरेको सिनेमा आउँदो तिहार पछाडी छायाँकनमा जानेछ ।

निर्देशक प्रदीपले नै लेखिरहेको सिनेमामा कलाकार रविन्द्र सिंह बानियाँको लगानी रहनेछ । रविन्द्र र प्रदीप बीच यो तेस्रो सहकार्य हुन् लागेको हो । सुपरहिट सिरिज ‘जात्रा’को दुवै सिक्वेलमा यी दुईले सफल सहकार्य गरिसकेका छन् ।

‘शत्रुगते’ र यसै वर्ष रिलिज ‘दाल भात तरकारी’को सफलता पछि महजोडी पुन: पर्दामा आउदैछन् ।

दशैँमा रिलिज घोषणा गरिए पछि यो मितिमा रिलिज हुने सिनेमाको संख्या तीन पुगेको छ । दशैँ रिलिजको लागि ‘अल्लारे २’ र ‘छड्के २’को आधिकारिक घोषणा गरिसकेका छन् ।