‘हिजो आजका कुरा’ अब ठुलोपर्दामा, सन्तोष र रमाको मुख्य भूमिका

‘हिजो आजका कुरा’ अब ठुलोपर्दामा, सन्तोष र रमाको मुख्य भूमिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने हुन्छ ।’ शुक्रबार घोषणा गरिएको सिनेमा ‘हिजो आजका कुरा’को यो ‘लगलाइन’ हो ।

टेलिभिजनको स्क्रिनमा झन्डै १८ वर्ष लामो समय सफलताका साथ प्रदर्शन भएको ‘हिजो आजका कुरा’ टिमले यहिँ नाममा फिचर सिनेमा बनाउदै छ । साकार पन्तको डेब्यु निर्देशन रहने सिनेमामा पिता सन्तोष पन्त र रमा थपलियाले मुख्य भूमिका निर्वाह गर्नेछन् । यी कलाकार धाराबाहिक ‘हिजो आजका कुरा’मा पनि मुख्य भूमिकामा थिए ।

तिहार पछि फ्लोरमा जाने कमेडी ड्रामामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यको मुख्य भूमिका रहनेछ । भने, यहिँ सिनेमाबाट विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।

पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । सिनेमाको सह-निर्मातामा अशोक घिमिरे छन् ।