गोंगबुमा ३ सय ३५ सिट क्षमताको मल्टीप्लेक्स संचालनमा

गोंगबुमा ३ सय ३५ सिट क्षमताको मल्टीप्लेक्स संचालनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राजधानीमा नयाँ मल्टीप्लेक्स हल संचालनमा आएको छ । गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो ।

३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन । अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ । नेपाल मै पहिलो पटक जिडिसी सर्भर जोडिएको हलमा थ्रीडी सिस्टम पनि छ ।

हलको ओपनिङमा एन्जिलिना जोलीको ‘मेलफिसेन्ट: मिस्टरेस अफ इभिल’ देखाइएको थियो ।