‘पोइ पर्यो काले’को कथाबस्तुले तान्यो – पूजा शर्मा

‘पोइ पर्यो काले’को कथाबस्तुले तान्यो – पूजा शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘पोइ पर्यो काले’को टिम यति बेला प्रचारको लागी मोफसल कुदिरहेको छ । चितवन पुगेको टिमले त्यहाँ प्रेसमिट सम्पन्न गरेको छ ।

‘पोइ पर्यो काले’मा काम गर्नुको पहिलो कारण नै कथाबस्तु रहेको, चितवन पुगेकी अभिनेत्री पूजा शर्माले बताइन । लगातार लभस्टोरी सिनेमा गरिरहेकी पूजाले आफुलाई बलियो बनाउन कमेडी जनरामा पनि हात हालेको जिकिर गरिन । साथै, अभिनेता आकाश श्रेष्ठसँग नाम जोडिएर आएजस्तो आफु प्रेममा नपरेको दावी गरिन् । उनले भनिन् ‘हाम्रो केमेस्ट्री रुचाउनु भएकाले लगातार सिनेमा गरिरहेका छौँ । त्यही कारण बजारमा प्रेमको हल्ला चलिरहेको छ ।’

यस्तै अभिनेता आकाश श्रेष्ठले पनि भिन्न जनराको सिनेमामा काम गर्दा चुनौतीको सामना गर्नु परेको बताए । दर्शकलाई नयाँपन दिन खुबै मेहनत गरेको बताउने आकाशले दर्शकको मायाको अपेक्षा गरे ।

निर्देशक शिशिर राणाले ‘पोइ पर्यो काले’ सामाजिक कथाबस्तुमा निर्माण भएको कमेडी सिनेमा भने । मानिसको बाहिरी आवरण भन्दा पनि मन सफा हुन् जरुरी छ, भन्ने खालको संदेश सिनेमाले दिने उनले बताए ।

कार्तिक ८ गते रिलिज हुने सिनेमामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई सिनेमाकी कार्यकारी निर्माता हुन् । सिनेमाका लेखक तथा निर्देशक शिशिर राणा हुन् । सिनेमामा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।