बक्सअफिसमा मल्टीस्टारर ‘पोइ पर्यो काले’को आशा

बक्सअफिसमा मल्टीस्टारर ‘पोइ पर्यो काले’को आशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमाको व्यापारमा कलाकारको उपस्थितिले बलियो अर्थ राख्छ । त्यसैले चलेका कलाकार लिएर निर्माता सिनेमा बनाउन चाहन्छन ।

अझ सिनेमामा स्टार कलाकारको भिड भयो भने, व्यापारिक सफलता पाउने सम्भावना झनै बलियो बन्छ । यो वर्ष नाफा कमाएका सिनेमा हेर्ने हो भने पनि मल्टीस्टारकै हालीमुहाली छ । ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ जस्ता सिनेमामा चर्चित कलाकारको भिड थियो ।

त्यसैले अब कार्तिक ८ गते रिलिज हुने सिनेमा ‘पोइ पर्यो काले’ तिर सबैको ध्यान तानिएको छ । सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, आकाश श्रेष्ठ, सुरक्षा पन्त र सोहित मानन्धर जस्ता कलाकारले यो सिनेमाको वजन बढाएको छ ।

प्राय: कलाकारको राम्रो फ्यान फलोविङ भएकाले ‘पोइ पर्यो काले’ले राम्रो व्यापार गर्ने अनुमान छ । तर, समय यस्तो पनि आउँछ, मल्टीस्टारर सिनेमा बक्सअफिसमा नराम्रोसँग चिप्लिन पनि सक्छन । जस्तै पूजा र आकाशको पछिल्लो मल्टीस्टारर सिनेमा ‘रामकहानी’ले पनि बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको थिएन ।

उसो त ‘पोइ पर्यो काले’का कलाकारलाई निर्माण पक्षले ठुलै रकम खर्चिएको छ । त्यसैले पनि यो सिनेमालाई बक्सअफिस चुनौती पनि छ ।

शिशिर राणा निर्देशित सिनेमाको ट्रेलर र गीतमा मिश्रीत प्रतिक्रिया आएका छन् । साथै, सँगै रिलिज हुने ‘घामड शेरे’ र विदेशी सिनेमा ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’, ‘पोइ पर्यो काले’का चुनौती हुन् ।