बाबुरामले भने, ‘छ माया छपक्कै’ जस्तो सिनेमालाई साथ दियौँ’

बाबुरामले भने, ‘छ माया छपक्कै’ जस्तो सिनेमालाई साथ दियौँ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सिनेमा ‘छ माया छपक्कै’ मन पराएका छन् । मंगलबार बेलुकी सिभिल मल पुगेका भट्टराईले ‘छ माया छपक्कै’ जस्तो सिनेमालाई सबैले साथ दिनुपर्ने प्रतिक्रिया दिए ।

‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ । तर, यस्तो होइन रहेछ । यस्तो सिनेमालाई सबै मिलेर साथ दिनुपर्छ,’ उनले भने । सिनेमाले उठाएको बिषयवस्तुलाई पनि उनले प्रशंसा गरेका छन् । नेपाली सिनेमा बजारमा हिन्दी चलचित्रको दबदबा रहेको अवस्थामा यस्ता सिनेमालाई प्रमोट गर्नुपर्ने उनको तर्क छ ।

केहि दिन अगाडी स्पेशल शोमा राजनीतिज्ञहरुले सिनेमाको खुलेर तारिफ गरेका थिए । जसमध्ये पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने सिनेमाले राजनीतिको बाहिर रुप मात्र प्रस्तुत गरेको र धेरै कुरा मिस गरेको प्रतिक्रिया दिएका थिए ।

दीपेन्द्र लामा निर्देशित सिनेमाले समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाएको छ । भने, दर्शकले अत्याधिक रुचाएका छन् । सिनेमाको व्यापार दोस्रो सातासम्म पनि राम्रो छ ।

रोहित अधिकारीले निर्माण गरेको सिनेमामा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बांग्देल, अनुराग कुँवरलगायतका कलाकारको अभिनय छ ।