‘घामड शेरे’ पोस्टपोन्ड, कार्तिक २२ नयाँ रिलिज डेट

‘घामड शेरे’ पोस्टपोन्ड, कार्तिक २२ नयाँ रिलिज डेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार रिलिज हुने सिनेमा ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब सिनेमा कार्तिक २२ मा रिलिज हुनेछ । रिलिजको दुई दिन अगाडी प्रदर्शन स्थगित हुनुको कारण, विदेशी सिनेमाको चेपुवालाई मानिएको छ ।

बुधबार मल्टीप्लेक्समा खोलिएका अग्रिम बुकिङमा ‘घामड शेरे’लाई अत्याधिक कम शोज दिएपछि निर्माण पक्ष सिनेमा प्रदर्शन नगर्ने निर्णयमा पुगेको हो । वितरक कम्पनि स्टेशन ५ भन्छ, ‘नेपालको प्रतिक्षित सिनेमालाई मल्टीप्लेक्सले अत्याधिक कम शोज निकाल्यो । उता विदेशी सिनेमाको शोज संख्या उच्च छ । यसले हामीलाई न्याय भएन । त्यसैले रिलिज स्थगित गरेका हौँ । अब सिनेमा कार्तिक २२ मा रिलिज हुनेछ ।’

उत्साहित स्टेशन ५ ले ‘घामड शेरे’बाट ठुलो अपेक्षा बोकेको थियो । तर, निर्धारण गरिएको शोजले अपेक्षासँग मेल नखाँदा सिनेमा सार्नु परेको उसको भनाई छ ।

देशकै ठुलो मल्टीप्लेक्स क्युएफएक्सले ‘घामड शेरे’लाई अलनेपाल ११ शोज प्रदान गरेको थियो । भने, बलिउड सिनेमा ‘हाउसफुल ४’लाई ४४ शोज निर्धारण गरेको थियो ।

हेमराज बिसी निर्देशित सिनेमामा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।