‘बादशाह जुट’को नयाँ पोस्टरमा सुशील र आमिरको कार्टुन रुप

‘बादशाह जुट’को नयाँ पोस्टरमा सुशील र आमिरको कार्टुन रुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमा ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ ।

टौवा क्रियसनले तयार गरेको पोस्टरले कमेडीको झल्को दिन्छ । निर्देशक जोनी सिंह राणाले निर्देशन गरेको सिनेमा एक्सन, कमेडी छ । सुशील र आमिर सिनेमाको केन्द्रिय पात्र हुन् ।

१५ कार्तिकदेखि अलनेपाल रिलिज हुने सिनेमामा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि कलाकारमा समेटिएको छ ।

निर्माण पक्षले सिनेमाको पोस्टर, गीत र ट्रेलर इन्टरनेटमा छोडिसकेको छ । प्रचार सामाग्रीले दर्शक बीच लोकप्रियता हाँसिल गर्दा, सिनेमाको बक्सअफिस आशा बलियो हुँदै गएको छ ।

अभिषेक शशि कुमारले लेखेको पटकथामा राजु कार्कीले छायाँकन, राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र  कृष्ण भारद्वाजका साथै कोसिस क्षेत्री, मोहित मुनालले संगीतमा काम गरेका छन् ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको सिनेमा एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।