३३ दिनमा सकियो विपिन ‘सेल्फी किङ’, भन्छन ‘करिअरकै उत्कृष्ट’

३३ दिनमा सकियो विपिन ‘सेल्फी किङ’, भन्छन ‘करिअरकै उत्कृष्ट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को सम्पूर्ण छायाँकन सकिएको छ । दुई चरणको छायाँकन काठमाडौँबाट सुरु भएको थियो । भक्तपुरहुँदै सोलुखुम्बु, खुर्कोट र घुर्मी लगायतका स्थान ३३ दिन लगाएर सिनेमाको छायाँकन सकियो ।


‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । सिनेमाको प्रमुख पात्र विपिन हुन् । आफुले गरेका सिनेमामा ‘सेल्फी किङ’ उत्कृष्ट रहेको विपिनले बताएका छन् ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको डेब्यु निर्देशनमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतले अभिनय गरेका छन् । भने, अभिनेत्री केकी अधिकारीले विशेष भूमिका निर्वाह गरेकी छन् ।


सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको सिनेमामा निर्देशक सापकोटाको लेखन छ । सुभाष र दिनेशले गत वर्षको चर्चित सिनेमा ‘प्रसाद’मा सहकार्य गरेका थिए ।

राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको सिनेमामा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।