बाग्लुङमा बिएसआर मुभिजको पहिलो शाखा उद्घाटन

बाग्लुङमा बिएसआर मुभिजको पहिलो शाखा उद्घाटन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राजधानीमा छोटो समयमै लोकप्रियता कमाएको बिएसआर मुभिजले बाग्लुङमा आफ्नो शाखा विस्तार गरेको छ । बुधबारदेखि व्यवसायिक संचालनमा आएको हल उद्घाटन वरिष्ठ सिनेकर्मी निर शाहले गरे ।

शाहसँगै हल उद्घाटनमा अभिनेत्री गौरी मल्ल, निर्देशक दीपाश्री निरौला र कलाकार अनुराग मानसिंह कुँवर सहभागी भएका थिए । दुई पर्दाको मल्टीप्लेक्समा पहिलोमा दुई सय र दोस्रोमा दुई सय २६ सिट क्षमता छ ।

अन्तर्राष्ट्रिय प्रचलनमा रहेको डल्बी अटमस साउण्ड सिस्टम जडान गरेको हलमा थ्रीडी प्रविधिको उपयोग गर्न पाइने प्रबन्ध निर्देशक राजु गिरीले जानकारी दिए ।