‘नेपाली चलचित्र स्वर्णिम महोत्सव – २०७६’ बिरगंजमा

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव – २०७६’ बिरगंजमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र निर्माता संघको आयोजनामा यहि २१ कार्तिकदेखि ३३ सम्म ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ सम्पन्न हुने भएको छ । प्रदेश नम्बर २ को बिरगंजमा आयोजना हुने महोत्सवले त्यहाँका जनतासँग सिनेमाको आत्मियता बढाउने आयोजकले विश्वास लिएको छ ।

उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा घोषणा गरिएको समारोहमा चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्का, निर्माता माधव वाग्ले, कलाकार दीपकराज गिरी, सुनिल कटुवाल र अन्य थुप्रै संघ संस्थाको पदाधिकारीको उपस्थिति थियो ।

तीन दिने महोत्सवमा सिनेकर्मी, वितरक, प्रदर्शक र पत्रकारको बाक्लो उपस्थिति रहने बताइएको छ । नेपालसँगै भारतबाट पनि कलाकार, लेखक, छायाँकारलाई अतिथिको रुपमा भित्र्याइने संघले जानकारी दिएको छ ।

सात वटै प्रदेशमा वर्षै पिच्छे आयोजना हुने महोत्सबको मुख्य उद्येश्य राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र सिनेमा क्षेत्र बिचको दुरी कम गराइ सिनेमा उद्योग प्रति लगानीमा आकर्षण बढाउनु हो ।