‘सम्झना बिर्सना’को शुभ-मुर्हुत, पूजा र आकाशको चौथों सहकार्य

‘सम्झना बिर्सना’को शुभ-मुर्हुत, पूजा र आकाशको चौथों सहकार्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर सिनेमा ‘पोइ पर्यो काले’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्म रिलिजको अवसरमा दुवै कलाकारको नयाँ सिनेमा घोषणा भएको छ ।

पूजा र आकाशको प्रमुख भूमिका रहने गरि सिनेमा ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरिएको छ । शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजा-आजा गरिएको सिनेमा पूर्ण प्रेमकथानक बन्नेछ ।

दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने सिनेमालाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने सिनेमामा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।

आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने ‘सम्झना बिर्सना’लाई शिव ढकालले खिच्नेछन् । सिनेमा २१ कार्तिकदेखि छायाँकनमा उत्रिनेछ ।

पूजा र आकाशको चौथों सहकार्य

‘सम्झना बिर्सना’सहित पूजा र आकाशले लगातार चौथों सिनेमामा काम गर्ने पक्का भएको छ । यसअघि ‘रामकहानी’मा बाँधिएको यो जोडीले ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ ।

यो जोडीको प्रशंसक धेरै भएकाले लगातार सहकार्य भैरहेको छ । ‘रामकहानी’ पछाडी आकाशले पूजा भन्दा अन्य अभिनेत्रीसँग जोडी बाँधेका छैनन् ।