‘जस्मिन’को फस्टलुक पोस्टर सार्वजनिक

‘जस्मिन’को फस्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘जस्मिन’को फस्टलूक पोस्टर रिलिज भएको छ । प्रेमकथानक सिनेमाको पोस्टरमा अभिनेता आर्यन अधिकारी फिचर्ड छन् ।

एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा आधारित सिनेमालाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एक अन्जान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निस्वार्थ सहयोग गर्छ भन्ने, सिनेमाको केन्द्रिय द्वन्द्व हो ।

यसअघि ‘रोमियो’ नामक सिनेमा निर्देशन गरिसकेका निर्देशक कार्की भन्छन, ‘संगीतप्रेमीको जर्नी, एक अन्जान पात्रको निस्वार्थ सहयोग, साथीहरुको सम्बन्ध, पारिवारिक समस्या, समाजमा देखिने/सुनिने गम्भीर कुरालाई सिनेमाले आत्मसाथ गरेको छ ।’

सिनेमामा आर्यनका अलावा अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यहि सिनेमाबाट अभिनय यात्रा थालनी गरेकी छन् ।

मेनका फिल्मस प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र कोसिस क्षेत्री/कल्याण सिंह/एलिश कार्की/किरण घिमिरेको संगीत छ ।

सिनेमाको ७५ प्रतिशत छायाँकन नेपालमा सकिएको छ । बाँकी २५ प्रतिशत सिनेमा सुसन प्रजापतिले चाइनामा खिच्नेछन् । निर्माण नियन्त्रक सुर्य बुढाथोकीका अनुसार सिनेमाको जम्मा लागत २ करोड ७५ लाख पुग्नेछ । सिनेमाको रिलिज डेट भने फाइनल भैसकेको छैन ।