सर्यो सुमी र सन्नीको ‘सरौतो’

सर्यो सुमी र सन्नीको ‘सरौतो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक ८ मा रिलिज हुने भनिएको सिनेमा ‘घामड शेरे’ दुई साता पछाडी धकेलिदा अन्य सिनेमालाई मर्का परेको छ । ‘सरौतो’, ‘लभ यु हमेशा’ र जीवन काँडा की फुल’ले कार्तिक २२ को रिलिज डेट लक गरेका थिए ।

यो मितिमा ‘घामड शेरे’को आगमन भएसँगै ‘सरौतो’ले ठाउँ छोडेको छ । अब हरी हुमागाईंको डेब्यु निर्देशन कार्तिक २९ मा रिलिज हुनेछ । वितरकको सल्लाहमा पछाडी हटेको ‘सरौतो’मा सुमी मोक्तान, आमिर गौतम, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, लियो ट्यांक, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

‘हामीले घोषणा गरेको मितीमा एकसाथ अन्य धेरै सिनेमा हुने भएपछी र पछिल्लो समयको बदलिदो रिलिज डेटको अवस्थाले गर्दा आपसी सल्लाहमै यसको हेरफेर गरिएको हो’ छायाँकारहुँदै निर्देशनमा हात हालेका हरीले भने ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार सिनेमामा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् ।