ऋचालाई विवाहको ‘ब्याचलर पार्टी’, साथीसँग साटिन खुशी

ऋचालाई विवाहको ‘ब्याचलर पार्टी’, साथीसँग साटिन खुशी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – राम्रो अभिनय क्षमताकी अभिनेत्री ऋचा शर्माले सम्भवत: यसै वर्ष विवाह गर्नेछिन् । सार्वजनिक रुपमै यसै वर्ष विवाह हुने घोषणा गरेकी ऋचालाई नजिकका साथीले ‘ब्याचलर पार्टी’ दिएका छन् ।


अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी र फेसन डिजाइनर सिंवागी प्रधानले उनलाई पोखरामा ‘ब्याचलर पार्टी’ दिएका हुन् । सेतो पहिरणमा खुलेका चारै जनाले पार्टीमा खुबै मस्ती गरिरहेको देख्न सकिन्छ ।

विवाहका थुप्रै सङ्केत दिएपनि ऋचाले सम्भावित मितिबारे मुख खोलेकी छैनन् । साथीहरुले दिन थालेको ‘ब्याचलर पार्टी’ले ऋचालाई विवाहको माहोलमा खिचेको छ ।


सन् २०१० मा सिनेमा ‘फस्ट लभ’बाट डेब्यु गरेकी ऋचाले करिब १ दशक लामो यात्रा पछि जीवनको अर्को अध्याय सुरु गर्न लागेकी हुन् । अहिले ‘कमेडी च्याम्पियन’मा निर्णायकको भूमीका निर्वाह गरिरहेकी ऋचा छिट्टै सिनेमा ‘हिजो आजका कुरा’मा व्यस्त हुनेछिन ।