‘सेन्टी भाइरस’को रिलिज फाइनल, फस्टलुकमा धुर्मुसको मलिन मुहार

‘सेन्टी भाइरस’को रिलिज फाइनल, फस्टलुकमा धुर्मुसको मलिन मुहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सामाजिक अभियन्ता धुर्मुस-सुन्तलीले निर्माण एवं अभिनय गरेको सिनेमा ‘सेन्टी भाइरस’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाको रिलिज डेट पनि छापिएको छ ।

रामबाबु गुरुङको निर्देशनमा निर्मित सिनेमा महाशिवरात्रीलाई लक्षित गरेर फागुन ९ प्रदर्शन गरिनेछ ।

पोस्टरमा धुर्मुसलाई मात्र प्रस्तुत गरिएको छ । उनको मलिन अवतारले समाज भित्रको खबरदारी झल्काउँछ ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको सामाजिक कथाबस्तुमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)सँगै दयाहाङ राई विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ ।

सुबिहानी फिल्मस प्रालिको व्यानरमा निर्मित सिनेमामा डिन्डु लामा ह्योल्मोको लगानी छ । सह-निर्मातामा डिन्डुका भाई फुर्पा लामा छन् ।

राजनराज सिवाकोटी/कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहेको ‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाइने, निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।