‘मिस्टर नेपाली’मा राष्ट्रियताको कथा – भुवन केसी

‘मिस्टर नेपाली’मा राष्ट्रियताको कथा – भुवन केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सदाबहार अभिनेता भुवन केसी लामो समय पछि अभिनयमा फर्केका छन् । उनि अभिनित ‘मिस्टर नेपाली’ आउँदो कार्तिक २९ मा रिलिज हुँदैछ ।


‘मिस्टर नेपाली’बाट भुवनले कमब्याक मात्र गर्न लागेका छैनन् । उनको भूमिका पनि विशेष छ । नकारात्मक भूमिकामा देखा परेका भुवन दोहोरो पात्रमा बाबु-छोरा बनेका छन् ।

अभिनेता केसी भन्छन्–‘सिनेमामा म मुख्य अभिनेता होइन । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’

देव भुषालले निर्देशन गरेको सिनेमाबाट साहिल श्रेष्ठ र कुसुम राउतले डेब्यु गर्दैछन । साहिल सिनेमाको केन्द्रिय पात्र हुन् । उनकै वरिपरि कथा घुम्छ ।

भुवनले अगाडी थपे ‘यो सिनेमाले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा सिनेमा बनेको छ ।’

सिनेमामा प्रेमराज दाहालले लगानी गरेका छन् ।