‘लप्पन छप्पन २’मा भित्रिए दुई नयाँ अनुहार, सिड्नीमा धमाधम छायाँकन

‘लप्पन छप्पन २’मा भित्रिए दुई नयाँ अनुहार, सिड्नीमा धमाधम छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लप्पन छप्पन २’को छायाँकन अहिले अस्ट्रेलियामा धमाधम चलिरहेको छ । सिड्नीमा एक्सन सिन खिच्दै गर्दा निर्माण पक्षले सिनेमामा भित्रिएका दुई नयाँ कलाकारलाई सार्वजनिक गरेको छ ।

सिनेमामा शक्ति श्रेष्ठ र सुपर गुरुङ भित्रिएका छन् । शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् । भने, सुपर ब्रिटिश लाहुरे देव गुरुङका छोरा हुन् । सिनेमामा शक्तिले पुलिस इन्टरपोल र सुपरले ग्याङस्टरको भूमिका निर्वाह गरेका छन् ।

३ दिनदेखि अस्ट्रेलियामा छायाँकन गरिरहँदा दैनिक ३० हजार अस्ट्रेलियन डलर खर्च भैरहेको निर्माण पक्षले जानकारी गराएको छ ।

दुवै नव-अभिनेता अस्ट्रेलियामै बस्दै आएका छन् । शक्ति यसअघि ‘एउटा यस्तो प्रेम कहानी’ अनुबन्धित भएपनि उक्त सिनेमाको छायाँकन पुरा सकेको छैन ।

मुकुन्द भट्टको निर्देशनमा बनिरहेको सिनेमाबाट केहि दिन अगाडी मात्र अभिनेता दयाहाङ राईले हात झिकेका थिए । अर्को सिनेमाको सुटिङसँग ‘लप्पन छप्पन २’को सुटिङ जुधेपछि दयाहाङले हात झिक्नु परेको हो ।

सिनेमामा सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिका छ । दुई अभिनेता चित्रित एक पोस्टर पनि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।

पुरुषोत्तम प्रधानले खिचिरहेको सिनेमामा अनुप विक्रम शाही, केरोलिन कोलिन्डा, सृजना सिनालगायतका कलाकारको पनि अभिनय हुनेछ ।