सुरक्षा र स्वरुपपुरुषको ‘सुस्केरा’ रिलिज तय

सुरक्षा र स्वरुपपुरुषको ‘सुस्केरा’ रिलिज तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कलाकार सुरक्षा पन्त र स्वरुप पुरुष ढकालले सर्वप्रथम अभिनय गरेको सिनेमा ‘सुस्केरा’ले रिलिज मिति तय गरेको छ । निर्माण सम्पन्न भएको झन्डै तीन वर्ष पछि सिनेमा रिलिजको लागी तयार भएको हो ।


साम्तेन भुटिया निर्देशित सिनेमा अब पुष १८ मा रिलिज हुनेछ । निर्देशक भुटियाको ‘च च हुई’ मंसीर ६ मा रिलिज हुने तयारीमा छ ।

अभिनयका हिसावले पहिलो भएपनि स्वरुप पुरुषको ‘छक्का पन्जा २’ रिलिज भैसकेको छ । भने, सुरक्षा सिनेमा क्षेत्रमा स्थापित भैसकेकी छन् । रिलिज ढिलाई हुनुको कारण निर्माण पक्षले प्राविधिक समस्यालाई बताएको छ ।

पूर्णत प्रेमकथानक सिनेमामा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायलगायतका कलाकारको पनि अभिनय छ । प्रेम प्राप्तिमा आउने भोगाइ नै सिनेमाको मूल कथा हो ।